काठमाडौँ : गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ। सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।





