पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा दुःख व्यक्त

२०८२ आश्विन २१, मंगलवार

काठमाडौँ : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

“नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार