काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले बढेर २ लाख ३९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ५५ रूपैयाँ कायम भएकोमा आज ७० रूपैयाँ बढेर ३ हजार २५ रूपैयाँ कायम भएको छ ।





