पूर्वप्रधानमन्त्री ओली र प्रचण्डको अतिरिक्त सुरक्षा फिर्ता

२०८२ आश्विन २३, बिहीबार

काठमाडौँ : सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइँदै आएको अतिरिक्त सुरक्षा फिर्ता लिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले उनीहरूलाई तोकिएको मापदण्डअनुसार मात्र सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको हो ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो । ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

सरकारी स्रोतका अनुसार हालसम्म ओली र प्रचण्ड दुवैका निवास र व्यक्तिगत सुरक्षाका लागि तोकिएको संख्याभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । मन्त्रिपरिषद् सचिवालयको सिफारिसपछि गृह मन्त्रालयले प्रहरी महानिरीक्षकलाई मापदण्डभन्दा बढी सुरक्षा फिर्ता गर्न लिखित निर्देशन दिएको बताइएको छ ।

सुरक्षा मापदण्ड अनुसार पूर्वप्रधानमन्त्रीलाई २५ जना प्रहरीको सुरक्षा सुविधा उपलब्ध हुन्छ । तर, ओली र प्रचण्ड दुबैका निवासमा करिब ५० देखि ६० जना प्रहरी परिचालनमा रहेको भन्दै गृहमन्त्रालयले समीक्षा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार