सुनको मूल्यमा भारी गिरावट

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।

बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँ कायम भएकोमा आज  ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला ३ हजार २५ रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँ बढेर ३ हजार ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार