काठमाडौँ : नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ।
अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई आज बिहान ११ बजेका बस्ने लागेकाे हो । एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।





