मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् । सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो ।  यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए । जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी पार्टी) का ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार