काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर २ लाख ४८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय २५ रूपैयाँ कायम भएकोमा आज ८५ रूपैयाँले घटेर ३ हजार २ सय ४० रूपैयाँ कायम भएको छ ।





