नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट

२०८२ आश्विन २९, बुधबार

काठमाडौं : नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ।

योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार