काठमाडौं : सानिमा बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । सभा आज बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख २१औं वार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित भएका छन् ।
आर्थिक बर्ष २०८१/८२ मा २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब, कुल निक्षेप २२५.४८ अर्ब तथा खुद कर्जा सापटी १८३.४५ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८२)
निष्क्रिय कर्जा – ३.०१ %
पुँजीकोष – १३.०१ %
तरलता – ३०.९५ %
कर्जा निक्षेप अनुपात (मासिक औसत) – ८१.०३ %





