काठमाडौं : पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू मात्र होइन, आफ्नो पार्टीका मान्छे कोही पनि नभाग्ने दाबी गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले नै भागेको भनी दाबी गरेको भोलिपल्टै सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता खड्काले भाग्नुपर्ने कुनै कारण नभएको बताएका हुन्।
‘मलाई के थाहा छ भने म मात्र होइन, मेरो पार्टीका मान्छे कोही भाग्दैन। अरूको त भन्न सक्दिनँ, तर सरकारमा बस्ने मान्छेहरू कोही पनि भाग्दैन। भाग्नुपर्ने कुनै कारण छैन’, उनले भने, मैले भनिहालेँ, आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गरेको छ। छानबिनका लागि। भाग्नु केलाई पर्यो?’





