काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएकोमा आज सोमबार ३ सय रूपैयाँले बढेर २ लाख ५३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ३ हजार २ सय ८० रूपैयाँ कायम भएको छ ।





