काठमाडौं : तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।
आइतबार बिहान मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोलातर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाइ नारायघाटबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड गरको ट्याङकरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक मध्यबिन्दु–१३ मैनाघाटका ४० वर्षीय बीर बहादुर सिँजालीको उचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीय चन्द्र बहादुर गाहा र ३१ वर्षीय समिर जंग कुमाल घाइते भएको नेपालले जानकारी दिए ।
घाइते दुबैको मध्यविन्दु प्रादेशिक अस्पतामा उपचार भइरहेको छ । ठक्कर दिने ट्याङ्कर घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक सल्यान शारदानर नगर नगरपालिका १४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालका ६ का ४७ वर्षीय खलकराम भण्डारी र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।





