तिहार बिदामा पनि सर्वोच्च अदालत खुल्ने

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ ।

३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने अदालतको प्रशासन शाखाले जनाएको छ । यसवर्षको भाइटीका ६ कात्तिकमा छ । यसअवधिमा अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मात्र सुनवाइ हुने जनाएको छ।

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला हुने जानकारी दिइएको छ ।

‘ दिपावली २०८२ को उपलक्ष्यमा मिति २०८२/७/३ देखि ऐ. ७ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ अदालतको प्रशासन शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार