अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

२०८२ कार्तिक ४, मंगलवार

काठमाडौं : अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ।

ब्युरोमा नेपालविरूद्ध उजुरी परेपछि सोमबार ब्युरोले उनलाई फोन गरी बोलाएको हो। ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनीविरूद्ध उजुरी परेपछि सोधपुछका लागि बोलाइएको हो। ‘उहाँविरूद्ध उजुरी परेकाले सोधपुछका लागि बोलाएका हौं। तिहारपछि आउँछु भन्नुभएको छ। अहिलेको अवस्थामा अनर्गल अभिव्यक्तिहरू आएका छन्। त्यही विषयमा हो,’ उनले भने।

स्वागत नेपालले पनि सोमबार साँझ एक भिडिओ राखेर आफूलाई साइबर ब्युरोबाट फोन आएको बताएका छन्। आफूलाई तिहार मनाएर आउने वा अहिले आउने भनेर सोधेको पनि उनले भिडिओमा बताएका छन्। आफूले भाइटिका सकेर उपस्थित हुने भनेर जानकारी गराएको उनले बताएका छन्।

‘म आइहाल्नु पर्ला कि! आउँ कि हजुर भने! उनले तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि भनेर सोध्नुभयो। ठीकै छ भाइटिकामा दिदीबहिनीको हातबाट टिका लगाउँछु। आज लक्ष्मी पूजा छ, पूजा पनि गर्छु भने। उताबाट ठीकै छ तिहार मनाउनुस् भन्नुभयो,’ उनले भने।

उनले सार्वजनिक गरेको भिडिओमा आफूले पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार