काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले (सोनल) संसदबाट राजीनामा दिएका हुन्।
मधेश प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि संसदबाटै राजीनामाको घोषणा गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन माओवादीका दुई सांसदले विद्रोह गर्दै नदिने अडान लिएपछि विश्वासको मत पाउन कठिन देखेका मुख्यमन्त्रीले राजीनामा घोषणा गरेका हुन्।
गत असोज २९ गते सोनल मुख्यमन्त्री बनेका थिए। उनलाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरि ५ पार्टीको सर्मथन थियो।
ती दलको प्रदेश सभामा ५६ सांसद रहेका छन्। १०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा बहुमतका लागि ५४ आवश्यक पर्छ।





