संवेदनशील गृह मन्त्रालयमा के गर्दैछौँ र के गर्‍यौँ भन्न मिल्दैन : गृहमन्त्री अर्याल

२०८२ कार्तिक २३, आईतवार

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत संवेदनशीलताकै कारण कतिपय विषयमा के गर्दैछौँ र, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुने गरेको जनाउँदै लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’

आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक आफूसँग अरू विकल्प नरहेको बताउँदै उनले भनेका छन्, ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’

पछिल्लो केही समयदेखि हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजीको एक समूहले गृहमन्त्रीको काममा अुसन्तुष्टि जनाउँदै राजीनामा माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार