नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ

२०८२ कार्तिक २३, आईतवार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त निराजन भन्ने निरन्जनकुमार खरेल पक्राउ परेका छन्।

रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय खरेललाई गत शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। आ.व ०७९/०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा खरेलविरुद्ध नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा जाहेरी परेको थियो।

उनले ठगीबाट संकलन भएको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात किर्ते गरी पीडितहरूबाट असुल गर्ने गिरोहहरूसँग मिलेमतो गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार