रामकुमारी झाँक्री भोलि एमाले प्रवेश गर्दै

२०८२ कार्तिक २३, आईतवार

काठमाडौं : नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएकी नेतृ रामकुमारी झाँक्री एमाले फर्कने भएकी छिन् ।

भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच झाँक्री एमाले फर्कन लागेकी हुन् । एमालेले सोमबार दिउँसो साढे २ बजे ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रम आयोजना गरेको छ ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्,’यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार