काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य ६ हजार ९ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ६ हजार ९ सय रूपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८५ रूपैयाँ कायम भएकोमा आज १५० रूपैयाँले घटेर ३ हजार १ सय ३५ रूपैयाँ कायम भएको छ ।





