काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ३ हजार १ सय ५५ रूपैयाँ कायम भएको छ ।





