एमालेले आज भृकुटीमण्डपमा जनप्रदर्शन गर्दै

२०८२ मंसिर ६, शनिबार

काठमाडौं : नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा बिहान ११ बजेदेखि शुरु हुने भएको छ । एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार