गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

२०८२ मंसिर १८, बिहीबार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ ।

एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास  गरिन् ।

एमाले नेता तथा कार्यकर्ताद्वारा उक्त निवासलाई ओली कुटीको नाम दिइएको छ । गत भदौको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेर ध्वस्त बनाएका थिए । त्यसपछि अध्यक्ष ओली बस्दै आएका गुण्डु परिसरमा सो निजी निवास बनाउन लागिएको हो । नेता बस्नेतका अनुसार सो निवास गुण्डुवासीको सहयोगमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार