रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विक्री खुला

२०८२ मंसिर २२, सोमबार

काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। विदेशमा रहने नेपालीहरूका लागि यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीको कोटा अन्तर्गतको आईपीओ आवेदन अवधि छिटोमा मंसिर २५ गतेसम्म र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ। यस अवधिभित्र आवेदन सम्पन्न भएमा समयमै बन्द हुनेछ भने आवश्यक आवेदन संख्याको आधारमा निष्कासन मिति लम्बिन पनि सक्नेछ। कम्पनीले पूँजी संरचना विस्तारका साथै उत्पादन क्षमता मजबुत बनाउन सार्वजनिक निष्कासनमार्फत संकलन हुने कोष उपयोग गर्ने लक्ष्य राखेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो सेयर प्रणालीमार्फत अनलाइनमार्फत सहज रूपमा आवेदन पेश गर्न सक्नेछन्। विदेशी रोजगारीमा रहेका आवेदकले आवश्यक कागजात प्रमाण सहित अनलाइनमार्फत समेत आवेदन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार