लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पक्राउ

२०८२ मंसिर २५, बिहीबार

काठमाडौं : प्रहरीले दाङका २७ वर्षीय युवक निरज चौधरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका –५ का ५१ वर्षीय महावीर चौधरीलाई बैजपुरबाट पक्राउ गरेको हो ।

महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । तुलसीपुर–५ कै निरजको बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा गत आइतबार गोली प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा रहेका महाविर भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय राजापुर डीएसपी कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार