रानीवारीको कवाड गोदाममा चल्यो काठमाडौँ महानगरको डोजर

२०८२ मंसिर २५, बिहीबार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले काठमाडौंको रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ ।

बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाडौं महानगर प्रहरी बलले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले विरोध गर्दै आएका छन् । यसअघि महानगरले विभिन्न ठाउँकाे कवाडी संकलन केन्द्रमा डाेजर चलाउँदै आइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार