काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ कायम भएकोमा आज ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ८५ रूपैयाँ कायम भएकोमा आज १ सय ७० रूपैयाँले बढेर ४ हजार ५५ रूपैयाँ कायम भएको छ ।





