‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’ : शंकर पोखरेलले

२०८२ पुष २, बुधबार

काठमाडौँ : नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन्।

बुधबार महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्।

उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखा पर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ । एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्दै मुलुकलाई सही बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा उनी महासचिवका उम्मेदवार हुन्। अहिले मतदान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार