महाधिवेशनमा सभापतिको उमेदवार हुन्छु : शेखर कोइराला

२०८२ पुष २, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए । आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कोइरालाको भनाइ छ ।

तोकिएको समयमा निर्वाचन नभए संसद पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उमेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे । कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उमेदवार हुन नमिल्ने बताए । तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार