एमालेको मतदान सकियो, २ हजार २ सय २७ मत खस्यो

२०८२ पुष ३, बिहीबार

काठमाडौं : नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए ।

उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’ ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार