एमाले पदाधिकारीमा एक्ली महिला निर्वाचित

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्।

एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन्।

सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए। रचना खड्का र पेम्बा लामा पराजित भए। खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन्। एमाले सचिवमा १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार