रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनाले मात्रै मतदानमा भाग लिएका थिएनन् । झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् ।

अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार