काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रूपैयाँ कायम भएकोमा आज ७५ रूपैयाँले घटेर ४ हजार ५ रूपैयाँ कायम भएको छ ।





