चामल बोकेको ट्रक दुर्घटना

२०८२ पुष ८, मंगलवार

काठमाडौं : कोशी लोकमार्गअन्तर्गत धनकुटा–हिले सडकखण्डको धनकुटा नगरपालिका– ७, जिरोप्वाइन्टमा मंगलबार बिहान चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ।

सुनसरीको धरानबाट चामल र भुस लिएर हिलेतर्फ जाँदै गरेको ना.७ख ११६१ नम्बरको ट्रक जिरोप्वाइन्टमा पल्टिएको हो। गुडिरहेको ट्रकको स्टेयरिङ लक भएर दुर्घटना भएको प्रहरीले बताएको छ। ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ।

दुर्घटनामा ट्रकचालक २८ वर्षीय इन्द्र मगर र सहचालक सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार