सरकारी टोलीद्वारा राप्रपा कार्यालयको अनुगमन

२०८२ पुष ९, बुधबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले बुधबार राप्रपा कार्यालय पुगेर अनुगमन गरेको हो ।

यसअघि हिजो नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर सरकारी टोलीले अनुगमन गरेको थियो ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।

उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितले कार्यालयमा स्वागत गरे ।

निर्वाचनको माहोल बनाउन भन्दै सरकारी टोलीले राजनीतिक दलका कार्यालय पुगेर अनुगमन एवं अन्तरक्रिया गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार