काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने बताएका छन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सम्बोधन गर्दै उनले नयाँ अनुहारहरुलाई मौका दिन आफू उम्मेदवार नहुने जानकारी गराएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु । गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ । यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु ।’





