कांग्रेसको प्राथमिकता निर्वाचन नै हो : सभापति देउवा

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकतमा निर्वाचन नै रहेको बताएका छन् ।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनस्र्थापना भन्दा पनि चुनाव नै हो’, देउवाको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्यो ।’

जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरुले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार