नियमित महाधिवेशन गर्ने हो भने मिलेर गर्दा हुन्छ : देउवा

२०८२ पुष १५, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू भने १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए । ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’

विशेष महाधिवेशन भने नहुने उनले बताए । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार