काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ३५ रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ४ हजार ८ सय ३५ रूपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २७ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भईरहेको छ ।





