आजदेखि निर्वाचन प्रहरीमा भर्ना आवेदन खुला

२०८२ पुष २५, शुक्रबार

काठमाडौं : आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’मा आजदेखि भर्ना आवेदन खुला भएको छ।

आजदेखि १ माघसम्म आवेदन दिन सकिने नेपाल प्रहरीले जनाएको छ। गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वीकृति दिएको छ। आफ्नो कोटामा परेको एक लाख ३३ हजार ९८० जनाका लागि नेपाल प्रहरीले आजदेखि भर्ना खुला गरेको हो।

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार