नेकपामा लहर चल्यो, एमालेमा पहिरो जान सक्छ : प्रचण्ड

२०८२ पुष २८, सोमबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संयोजक दाहालले एमाले लगायतका पार्टीहरू परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको भन्दै अब केही समयपछि यो लहर ‘पहिरो’ मा परिणत हुने टिप्पणी गरे।

‘नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ। धेरै नै ठूलो लहर चलेको छ र सायद केही समयपछि पहिरो नै जाने स्थिति पनि देखिएको छ, एमालेमा,’ दाहालले भने, ‘सयौंको सङ्ख्यामा एमाले परित्याग गरेर व्यक्तिगत र सामूहिक रूपमा प्रवेश गर्ने क्रम देशव्यापी रूपमा चलेको छ।’

सुरुमा १० वटा कम्युनिस्ट तथा क्रान्तिकारी समूहहरूबीच एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी स्थापना गरिएको स्मरण गर्दै दाहालले अहिले त्यो सङ्ख्या बढ्दै गएको बताए। ‘त्यो क्रम बढ्दै जाँदा सङ्ख्या गन्न पनि दिनदिनै गनिराख्नुपर्ने जस्तो हुन थाल्यो। हामी १७ वटा पार्टी पुगिसकेका थियौं, आज फेरि दुईवटा अलग-अलग समूहहरूसँग पनि एकतामा गाँसिएका छौं,’ उनले थपे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार