काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देश संकटमा रहेकाले यस्तो वेलामा जुनसुकै हालतमा पार्टीमा एकता कायम राख्नुपर्ने बताएकी छिन्।
मंगलबार पार्टी कार्यालय सानेपामा कुरा गर्दै कोइरालाले पार्टी फुट्न नदिन आवश्यक परे त्याग पनि गर्नुपर्ने प्रस्ट पारिन्। ‘मुलुक यस्तो संकटको अवस्थामा छ, यस्तो वेलामा हामीले पार्टीमा एकता गर्न सकेनौँ भने अलिकति त्याग्नुपर्छ भने त्यागेर भए पनि पार्टी मिलाएर जानुपर्छ,’ उनले भनिन्।
इगो राखेर अघि बढे भोलि सबैलाई समस्या आउने भन्दै उनले थपिन्, ‘पार्टीलाई कुनै हालतमा पनि फुट्न दिनुहुँदैन।’





