काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जू श्रेष्ठ सहभागी थिइन्। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिसकेको छ। यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।





