काठमाडौं : राैतहटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
गौर पिपरा सडकखण्ड अन्तर्गतको राजदेवी नगरपालिक वडा नम्बर १ पत्थरा स्कुल नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको हो।
बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्गाभगवती गाउँपालिका- २ का अशोक महतो र राजदेवी नगरपालिका २ का २९ वर्षीय अर्विन्द महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।
अर्विन्द महतोको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदिप वस्यालले बताए।





