काठमाडौँ : काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन् ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका न्यौपानेको साथबाट ७ ग्राम खैरो हेराइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आइतबार बिहान साढे ६ बजेतिर चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । इटहरी घर भएका न्यौपानेबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।





