एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड

२०८२ माघ १४, बुधबार

काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडको ब्याज आम्दानी र नाफामा सामान्य सुधार आएको छ ।

बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ र्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा खुद शुल्क तथा कमिशन आम्दानी पनि ७६ करोड ५० लाख रुपैयाँबाट वृद्धि भएर ९२ करोड ९ लाख पुगेको छ । बैंकले वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले बढाएर ३ अर्ब ३४ करोड पुर्याएको छ । यस्तै बैंकका लाभांश क्षमता पनि ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । अघिल्लो आवमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ५६ करोड २७ लाख पुगेको छ । बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिर्टन अन इक्विटी(आरओई)१३.१९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)३०.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ, पीई रेसियो २१.३९ गुणा र तरलता अनुपात ३२.५७ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार