काठमाडौँ : पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले यसअघि आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।





