राप्रपाको घोषणापत्र आज सार्वजनिक हुँदै

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको छ।

घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार बिहान धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर छलफल गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार घोषणापत्र भ्रष्टाचारको अन्त्य, सुशासन तथा राजसंस्थाको पुनर्स्थापनासहितका एजेण्डामा केन्द्रित रहेर तयार गरिएको छ।

राप्रपाले आगामी राजनीतिक कार्यदिशा र आफ्ना प्राथमिकताबारे स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार