काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्ससँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट प्रदान गरिने विभिन्न सफाइ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी र पानी ट्यांकी सफाइ, किरा नियन्त्रण तथा एसी सर्भिसिङ लगायत सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको दाबी गरेको छ । हाल बैंकले देशभर ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।





