नेसपा तथा एमालेका १७७ नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा समाहित

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौँ : नेपाल समाजवादी पाटी (नेसपा)का केन्द्रीय सदस्य साबित्रा राईसहित एमालेका जिल्ला तहका नेताहरू गरी एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

केपिलासगढी गाउँपालिकाको बाक्सिलामा बिहीबार आयोजित कार्यक्रममा राईसहित एमालेका जिल्ला सदस्यहरू पनि प्रवेश गरेका हुन् ।

श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार एमाले जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई, एमाले केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल राई, एमाले केपिलासगढी–४ का वडाध्यक्ष दिनेश राई, २ का वडाध्यक्ष डिकबहादुर राई, ७ का वडाध्यक्ष योमन राई र २ का वडा सचिव अर्जुन राईलगायत एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालले स्वागत गरेको राईले सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार